एक हाइड्रो कम्पनीले पायो हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति

एक हाइड्रो कम्पनीले पायो हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति
Advertisement Ads

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँको १ः०.४६६१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो। आयोगले भने चुक्ता पुँजीको १ः०.२५१४ अनुपातमा ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो।

स्वीकृत हकप्रद सेयरको कुल रकम ३० करोड ८१ लाख २६ हजार २४५ रुपैयाँ ३४ पैसा रहेको छ। कम्पनीले हकप्रदबाट प्राप्त रकम कन्सोर्टियम बैंकको ऋण चुक्ता गर्न प्रयोग गर्नुपर्ने आयोगले जनाएको छ।

यसअघि कम्पनीले १ः०.४६६१ अनुपातमा ५७ लाख १३ हजार ३४.८६ कित्ता हकप्रद सेयर निष्काशनका लागि आवेदन दिएको थियो। प्रवर्द्धक कम्पनीको ऋण चुक्ता गर्ने प्रयोजनका लागि पूर्वस्वीकृति दिने अभ्यास नरहेको भन्दै आयोगले अद्यावधिक बैंक ऋणबराबरको रकमका लागि मात्रै स्वीकृति दिएको हो।

Screenshot 28 9 2026 94030 www.nepalstock.com https://bajarkochirfar.com/a-hydro-company-received-pre-approval-for-issuing-rights-shares | %tags

Screenshot 28 9 2026 94035 www.nepalstock.com https://bajarkochirfar.com/a-hydro-company-received-pre-approval-for-issuing-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स