भोलिसम्म सेयर किन्नेले पाउँछन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश, कति दिँदैछ बोनस र नगद ?

भोलिसम्म सेयर किन्नेले पाउँछन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि असोज १२ गते अन्तिम दिन रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज १३ गते सेयरधनी दर्ता किताब बन्द अर्थात् बुक क्लोज गर्दैछ। त्यसअनुसार असोज १२ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन्।

बैंकको १८औँ वार्षिक साधारण सभा असोज २८ गते बुटवलस्थित होटल सेफ्रन सि.के. प्रालि. (हायात प्लेस) मा बिहान ११ः३० बजे बस्नेछ।

बैंकले चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ ९९ पैसा नगद लाभांश र ६ प्रतिशत अर्थात् ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

साधारण सभामा वार्षिक तथा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेस हुनेछन्। बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स