एकैदिन चार वटा कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिने ?

एकैदिन चार वटा कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिने ?
Advertisement Ads

चार वटा कम्पनीले एकैदिन लाभांश प्रस्ताव गरेका छन्। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल ल्युब आयल, अरुण भ्याली हाइड्रोपावर र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका हुन्।

१. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको ३३८औँ सञ्चालक समिति बैठकले ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि बैंकले ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ ८० पैसा बराबरको रकम छुट्याएको छ। यस्तै, बोनस सेयर तथा नगद लाभांशको करसहित १० प्रतिशत नगद लाभांशका लागि ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ ९९ पैसा बराबरको रकम प्रस्ताव गरिएको छ।

बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँ ९३ पैसा रहेको छ। प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। त्यसपछि आगामी वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिनेछ।

Screenshot 14 9 2026 10226 www.nepalstock.com https://bajarkochirfar.com/four-companies-announced-dividends-on-the-same-day-which-one-will-pay-how-much | %tags

२. नेपाल ल्युब आयलको ३५औँ साधारण सभा असोज १९ गते, १५ प्रतिशत बोनस सेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश प्रस्ताव

नेपाल ल्युब आयल लिमिटेडले ३५औँ वार्षिक साधारण सभा असोज १९ गते आयोजना गर्ने भएको छ। कम्पनीको ३९१औँ सञ्चालक समिति बैठकले असोज १९ गते सोमबार बिहान ११ः३० बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, २०८३ असार मसान्तको वासलात, आय विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै, NLOL Energy Ltd. र NLOL Synergy Ltd. सहितको एकीकृत वित्तीय विवरण पनि सभाबाट पारित गर्ने प्रस्ताव छ।

आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकमा पि. प्रमास एण्ड एसोसिएट्सलाई ३ लाख रुपैयाँ पारिश्रमिकसहित नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। त्यस्तै, सञ्चालक समितिको पुनर्गठन तथा अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कार्यकारी सञ्चालकको पारिश्रमिक तथा सुविधासम्बन्धी निर्णय अनुमोदन गर्ने प्रस्ताव रहेको छ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले कुल २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्नेछ। प्रस्तावित नगद लाभांश रकम ५२ लाख ९२ हजार १३८ रुपैयाँ ८६ पैसा रहेको छ। उक्त नगद लाभांश दुवै लाभांशको कर कट्टी प्रयोजनका लागि उपयोग गरेपछि बाँकी रकम वितरण गरिने कम्पनीले जनाएको छ।

यस्तै, प्रस्तावित बोनस सेयर आर्थिक वर्ष २०८२/८३ अर्थात् २०८३ असार मसान्तसम्म कायम चुक्ता पूँजीका आधारमा प्रदान गरिनेछ। कम्पनीले यसअघि १ः२ हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरेको निवेदनमा उल्लेखित १४ लाख ५७ हजार २५३.६० कित्ता सेयरमा मात्र हकप्रद सेयर निष्काशन लागू हुने प्रस्ताव गरेको छ।

आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को साधारण सभाबाट स्वीकृत तथा वितरण गरिएका थप बोनस सेयरलाई समेत उक्त १४ लाख ५७ हजार २५३.६० कित्ताभित्र सीमित गरी दामासाहीका आधारमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश हुनेछ।

Screenshot 14 9 2026 10336 www.nepalstock.com https://bajarkochirfar.com/four-companies-announced-dividends-on-the-same-day-which-one-will-pay-how-much | %tags

३. अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश दिने

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चितीबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशत बराबर २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बोनस सेयर प्रस्ताव गरिएको छ। यस्तै, कर प्रयोजनका लागि ०.२६३ प्रतिशत बराबर १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा नगद लाभांश प्रस्ताव गरिएको छ।

यसअनुसार कम्पनीले कुल २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश कम्पनीको २९औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण गरिनेछ।

कम्पनीले २९औँ वार्षिक साधारण सभा असोज २७ गते बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज १२ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

Screenshot 14 9 2026 101640 www.nepalstock.com https://bajarkochirfar.com/four-companies-announced-dividends-on-the-same-day-which-one-will-pay-how-much | %tags

४. सर्वोत्तम पेन्ट्सले १० प्रतिशत बोनस सेयर दिने

सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको चुक्ता पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत बराबर ३ करोड ४० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ। यस्तै, बोनस सेयर तथा लाभांशको कर प्रयोजनका लागि १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ।

प्रस्तावित लाभांश वितरणका लागि सम्बन्धित नियामक निकायबाट स्वीकृति लिनुपर्नेछ। त्यसपछि आगामी साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्र सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

Screenshot 14 9 2026 10614 www.nepalstock.com https://bajarkochirfar.com/four-companies-announced-dividends-on-the-same-day-which-one-will-pay-how-much | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स