लगातार ९० दिनभन्दा बढी समयदेखि अफिस नआएका अर्थ मन्त्रालयका कर्मचारीहरुलाई सेवाबाट हटाउने तयारी, मागियो स्पष्टीकरण

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १३ गते
Advertisement Ads
लगातार ९० दिनभन्दा बढी समयदेखि अफिस नआएका अर्थ मन्त्रालयका कर्मचारीहरुलाई सेवाबाट हटाउने तयारी, मागियो स्पष्टीकरण
Advertisement Ads

अर्थ मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।

मन्त्रालयले कात्तिक १३ गते सूचना प्रकाशित गर्दै नितु भारती र विजया आचार्यलाई सेवाबाट किन नहटाउने भन्दै ३० दिनभित्र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार नेपाल विविध सेवाकी नितु भारती र नेपाल प्रशासन सेवा, राजस्व समूहकी विजया आचार्य लामो समयदेखि आफ्नो पदाधिकार रहेको निकायमा अनुपस्थित रहेका छन् । भारतीको स्थायी ठेगाना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ र आचार्यको गोरखा नगरपालिका–२ रहेको सूचनामा उल्लेख छ ।

निजामती सेवा ऐन, २०४९ को दफा ५९ तथा निजामती सेवा नियमावली, २०५० को नियम ११० बमोजिम मन्त्रालयले स्पष्टीकरण माग गरेको हो । तोकिएको समयभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेस नगरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

Screenshot 30 10 2026 16555 epaper.gorkhapatraonline.com https://bajarkochirfar.com/preparations-are-underway-to-remove-employees-of-the-ministry-of-finance-who-have-not-been-to-the-office-for-more-than-90-consecutive-days-clarification-sought | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स