स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ।
संस्थाको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा मंसिर १४ गते सोमबार आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलस्थित द एसआर होटलमा बिहान ११ बजे बस्नेछ।
सभामा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसहित अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीअनुसार संस्थाको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पेस हुनेछ। हाल संस्थाको चुक्ता पुँजी १५ करोड ३४ लाख ४५ हजार ५०९ रुपैयाँ रहेको छ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ। साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।
साधारण सभा प्रयोजनका लागि संस्थाले कात्तिक २० गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसैले नेपाल स्टक एक्सचेन्जमा कात्तिक १९ गतेसम्म कारोबार भई प्रचलित कानुनअनुसार सेयर नामसारी भएका सेयरधनीले मात्र सभामा सहभागी हुन तथा मतदान गर्न पाउनेछन्।

प्रतिकृया