स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। असार ८ गते बसेको सञ्चालक समितिको बैठकले सभा असार ३० गते बिहान ११ बजे रुपेन्देहीस्थित संस्थाको केन्द्रीय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा अन्य ‘घ’ वर्गका लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति गर्न/गराउन आवश्यक देखिएमा त्यस सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गरिनेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वित्तीय विवरणहरू स्वीकृत गर्ने तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गरिनेछ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि असार २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असार २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

प्रतिकृया