लाभांश प्रस्ताव पारित गर्न स्वाभिमान लघुवित्तको साधारण सभा भोलि बस्दै, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १८ गते
लाभांश प्रस्ताव पारित गर्न स्वाभिमान लघुवित्तको साधारण सभा भोलि बस्दै, कति दिँदैछ लाभांश ?

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि बिहान ११ बजे कम्पनीको रुपन्देहीस्थित आफ्नै कार्यालयमा बस्ने भएको छ। सभामा हाल कायम चुक्ता पूँजीको आधारमा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। त्यस्तै, रिक्त सञ्चालक पदमा मनोनयन, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि, त्यसअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथा सञ्चालक समितिलाई त्यसको लागि अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार, वैशाख १० गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स