Investor Meet Investor Meet

नेपालमा हुण्डी कारोबारमा २५ देखि ४४ वर्षका युवा बढी संलग्न

Advertisement Ads
नेपालमा हुण्डी कारोबारमा २५ देखि ४४ वर्षका युवा बढी संलग्न
Advertisement Ads

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले हुण्डी कारोबारसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६ सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपालमा हुण्डी कारोबारमा २५ देखि ४४ वर्ष उमेर समूहका युवा तथा खुद्रा व्यापार गर्ने र विप्रेषण कारोबारमा संलग्न सब–एजेन्टहरू बढी संलग्न हुने गरेको देखाएको छ।

वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट, २०२६ : हुण्डी’ मा कुनै निश्चित व्यक्ति, संस्था वा घटनालाई केन्द्रमा नराखी हुण्डी कारोबारका प्रवृत्ति, प्रकार र विधिहरूको विश्लेषण गरिएको छ।

प्रतिवेदनको मुख्य उद्देश्य हुण्डी कारोबारका प्रवृत्ति तथा विधि पहिचान गर्नु, यसबाट सिर्जना हुने सम्पत्ति शुद्धीकरण र आतङ्ककारी गतिविधिमा वित्तीय लगानीको जोखिमबारे बुझाइ बढाउनु तथा शङ्कास्पद कारोबार पहिचान गर्ने सूचकहरू अद्यावधिक गर्नु रहेको छ।

प्रतिवेदनअनुसार हुण्डीमार्फत मानव तथा लागुऔषध तस्करी, भ्रष्टाचार र करछलीजस्ता आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण गर्ने जोखिम देखिएको छ। त्यस्तै, यस्तो कारोबारबाट आतङ्ककारी गतिविधिमा वित्तीय लगानी हुन सक्ने जोखिम पनि औँल्याइएको छ।

पहिले हुण्डी कारोबारको हिसाब मिलान मुख्यतः Bilateral Offsetting तथा Settlement through Value मार्फत हुने गरेकोमा पछिल्लो समय औपचारिक बैंकिङ प्रणाली र डिजिटल माध्यमको प्रयोग बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।

Advertisement Ads

म्युल अकाउन्टदेखि क्रिप्टोकरेन्सीसम्मको प्रयोग

वित्तीय जानकारी इकाईको goAML प्रणालीमा सन् २०२५ जनवरी २ देखि २०२६ जुलाईसम्म प्राप्त हुण्डीसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधिका प्रतिवेदन (STRs/SARs) को विस्तृत विश्लेषणका आधारमा प्रतिवेदन तयार गरिएको हो।

नेपालमा हुण्डी कारोबारका लागि विभिन्न विधि प्रयोग हुने गरेको प्रतिवेदनले देखाएको छ। यसमा म्युल अकाउन्टको प्रयोग, नगद कारोबारको सीमा छल्न रकम टुक्र्याएर जम्मा गर्ने, कानुनी व्यक्तिको प्रयोग, क्रिप्टोकरेन्सीमार्फत कारोबार, नगद ओसारपसार गरी भुक्तानी गर्ने तथा विप्रेषण कारोबारमा संलग्न सब–एजेण्टको प्रयोगलगायतका विधि रहेका छन्।

त्यस्तै, डिजिटल प्रविधिको प्रयोगबाट पनि हुण्डी कारोबार हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

नियमन र निगरानी प्रभावकारी बनाउन सुझाव

प्रतिवेदनले हुण्डी नियन्त्रणका लागि सूचक संस्था, नियामक तथा सुपरिवेक्षक, कानुन कार्यान्वयन गर्ने निकाय र नीति निर्माण तथा समन्वय गर्ने निकायलाई विभिन्न सुझाव दिएको छ।

यसमा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन (STRs/SARs) को गुणस्तर सुधार, जोखिममा आधारित निगरानी प्रणाली सुदृढीकरण, अन्तरनिकाय समन्वय विस्तार, प्राविधिक क्षमता अभिवृद्धि तथा जनचेतना विस्तार गर्नुपर्ने विषय समेटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स