नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३ गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो।
संस्थाको सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बिहान ११:३० बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुनेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिका सदस्यको नियुक्ति अनुमोदन गर्ने तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जाने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत पेश हुनेछ।
संस्थाले साधारण सभा प्रयोजनका लागि मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन्।

प्रतिकृया