नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न पुस ६ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको ६३७औँ बैठकले हकप्रद सेयर निष्काशनसहितका प्रस्ताव सभामा पेश गर्ने निर्णय गरेको हो।
कम्पनीले कुल चुक्ता पूँजी २० अर्ब रुपैयाँ कायम गर्ने उद्देश्यले हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसका लागि नेपाल सरकारबाट चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ सेयर लगानीका रूपमा प्राप्त हुने भएको छ। सरकारले प्राप्त गर्ने उक्त रकमको अनुपातमा १६.९१७६००३२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरिएको हो।
हकप्रद सेयर निष्काशन गर्दा कम्पनीमा नेपाल सरकारको हाल कायम ४४.०३९००५१००१६४२६ प्रतिशत सेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गरिनेछ। उक्त प्रस्ताव साधारण सभाबाट स्वीकृतिका लागि पेश गरिनेछ।
कम्पनीको दशौँ वार्षिक साधारण सभा पुस ६ गते सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ९ बजे बस्नेछ। सभामा आर्थिक वर्ष २०८०/८१ सम्बन्धी प्रस्तावहरूमाथि छलफल तथा निर्णय गरिनेछ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर २३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले सभामा सहभागी हुन पाउनेछन्।

प्रतिकृया