नेपाल पुनर्बीमा कम्पनीले करार सेवाका लागि कर्मचारी माग्यो, कति चाहिन्छ योग्यता ? 

नेपाल पुनर्बीमा कम्पनीले करार सेवाका लागि कर्मचारी माग्यो, कति चाहिन्छ योग्यता ? 

नेपाल पुनर्बीमा कम्पनीले करार सेवामा आवश्यक कर्मचारीको माग गर्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको छ। कम्पनीले www.nepalre.com.np मा प्रकाशित सूचनामा उल्लेख भएअनुसारको शैक्षिक योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिहरूले तोकिएको कागजातसहित आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार, आवेदकले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, कार्य अनुभव प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र (प्रमाणित प्रतिलिपिसहित), व्यक्तिगत विवरण (CV), र २ प्रति पासपोर्ट साइजको हालसालै खिचिएको फोटो संलग्न गरी यो सूचना प्रकाशित भएको मितिबाट १५ (पन्ध्र) दिनभित्र आवेदन दिनुपर्नेछ।

कुनै पनि अधुरो, रीत नपुगेको वा तोकिएको म्याद पछाडि प्राप्त भएको निवेदन स्वीकृत गरिने छैन।

यस सम्बन्धमा थप जानकारीको आवश्यकता परेमा इच्छुक व्यक्तिहरूले कार्यालय समयभित्र थापाथली, काठमाडौंस्थित एल एस बिल्डिङमा रहेको कम्पनीको कार्यालयबाट जानकारी लिन सक्नेछन्।

d6881941ee6a1bec4ffcdbe727f7ff3a https://bajarkochirfar.com/nepal-reinsurance-company-is-seeking-employees-for-contract-services-what-qualifications-are-required | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स