पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १७ गते
Advertisement Ads
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा
Advertisement Ads

सुनसरीको इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहितविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले इटहरी–विराटनगर सडकसँग जोडिएको कम्पनीको जग्गा बिक्री गरी दुर्गम क्षेत्रमा सट्टापट्टा गर्न अनुमति दिएको थियो। मन्त्रिपरिषद्को सामाजिक समितिमा रहेका तत्कालीन मन्त्री रिजाललाई पनि प्रतिवादी बनाइएको छ।

प्रारम्भिक विवरणअनुसार मुद्दामा ९४ जनालाई प्रतिवादी बनाइएको छ भने ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। मालपोतका कर्मचारीसमेत प्रतिवादी छन्। जग्गा सट्टापट्टासम्बन्धी मन्त्रिपरिषद्को निर्णयमा अनियमितता भएको आरोपमा अख्तियारले मुद्दा अघि बढाएको हो।

यसअघि पतञ्जली जग्गा प्रकरणमा पनि पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स