नदी नियन्त्रणमा सरकारको ३ महिनाको प्रगति ३४.९ प्रतिशत, कुन आयोजनाले कति गरे काम ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १७ गते
Advertisement Ads
नदी नियन्त्रणमा सरकारको ३ महिनाको प्रगति ३४.९ प्रतिशत, कुन आयोजनाले कति गरे काम ?
Advertisement Ads

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नदी नियन्त्रणसम्बन्धी कार्यक्रममा ३४.९ प्रतिशत भौतिक प्रगति गरेको छ।

नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि सरकारले चालू आवमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट छुट्याएको छ। पहिलो त्रैमासमा ६२ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकामा १४ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो त्रैमासिक बजेटको २३.४ प्रतिशत हो।

यस अवधिमा २.९ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास गरिएको छ। केही आयोजनाले भने निर्धारित लक्ष्यभन्दा बढी भौतिक प्रगति गरेका छन्।

चितवनको भरतपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले लक्ष्यको १६०.८ प्रतिशत प्रगति गरेको छ। त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत, दाङको लमहीले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र धनुषाको जनकपुरले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स