बजारको चिरफार Evening Walk – सोमबार, १६ कार्तिक २०८३ (२ नोभेम्बर २०२६)

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १६ गते
Advertisement Ads
बजारको चिरफार Evening Walk – सोमबार, १६ कार्तिक २०८३ (२ नोभेम्बर २०२६)
Advertisement Ads

आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।

आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।

Advertisement Ads



आज सेयरबजारमा के भयो?

कार्तिक १६ गते सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २,६५७.५० विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार ४७.१ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्य बढेको, २५२ कम्पनीको सेयर मूल्य घटेको र ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।



मुक्तिनाथ कृषि कम्पनीको ६० लाख कित्ता बढी सेयरको लकइन खुल्दै

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक तथा कर्मचारीका नाममा रहेको ६० लाख ९३ हजार ३६० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर १८ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक समूहको ६० लाख ४८ हजार कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ४५ हजार ३६० कित्ता सेयरको लकइन अवधि २०८३ मंसिर १८ गते अर्थात् सन् २०२६ डिसेम्बर ४ मा समाप्त हुनेछ।



मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा, कति दिँदैछ ?

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ७६ करोड रुपैयाँको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।



आरएसडिसी लघुवित्तले लाभांश घोषणा गर्यो

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको कात्तिक १५ गते आइतबार बसेको सञ्चालक समितिको १९१औँ बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।



हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको कात्तिक १३ गते शुक्रबार साँझ बसेको सञ्चालक समितिको २६२औँ बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।



युनिलिभर नेपालले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज १४ गते शुक्रबार बसेको १९७औँ सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।



गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, केके छन् प्रस्तावहरु ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर ३ गते विशेष साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर १५ गते बसेको ६८औँ सञ्चालक समितिको बैठकले विराटनगरस्थित होटल एयरपोर्टमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो।

विशेष साधारणसभामा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण समूहबाट रिक्त १ सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव पेस हुनेछ।


आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।

भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स