गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर ३ गते विशेष साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर १५ गते बसेको ६८औँ सञ्चालक समितिको बैठकले विराटनगरस्थित होटल एयरपोर्टमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो।
विशेष साधारणसभामा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण समूहबाट रिक्त १ सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव पेस हुनेछ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते एक दिन सेयर दाखिल खारेज बन्द गर्ने भएको छ। नेपाल स्टक एक्सचेन्जमा कात्तिक २० गतेसम्म कारोबार भई प्रचलित कानुनअनुसार कायम शेयरधनीले सभामा सहभागी हुन तथा निर्वाचनमा मतदान गर्न पाउनेछन्।


प्रतिकृया