गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता सेयरको लकइन सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १६ गते
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता सेयरको लकइन सकिँदै

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आगामी साउन ४ गते समाप्त हुँदैछ।

सर्वसाधारणका लागि आईपीओ बाँडफाँड भएको मितिबाट सुरु हुने प्रावधानअनुसार, सामूहिक लगानी कोषलाई छुट्याइएको सेयर ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको थियो। यसैअनुसार उक्त शेयर हालसम्म लकइनमा रहेको हो।

यता, संस्थापक तथा कर्मचारीका नाममा रहेका सेयर भने ३ वर्षसम्म लकइनमै रहनेछन्।

गार्डियन माइक्रो लाइफले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबर २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्काशन गरेको थियो। कम्पनीको सेयर रजिष्ट्रारको जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सम्हालेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स