गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा भोलि पुस १४ गते बस्ने भएको छ। सभा भोलि विराटनगरस्थित होटल एयरपोर्टमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियामक निकायको निर्देशन अनुसार कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न अख्तियारी प्रत्यायोजन गर्ने, र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने समावेश छ।
साथै, आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको आव २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणसहितका अनुसूचीहरू छलफल गरी पारित गर्ने, साथै आव २०८२/८३ का लागि बाह्रय लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा मार्फत सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन, र कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्चको अनुमोदन समेत गरिनेछ। सभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)




![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया