गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आज, आइतबार (साउन ४ गते) सकिने भएको छ।
कम्पनीको सेयर रजिष्ट्रार हिमालयन इन्भेस्टमेन्ट बैंकरले एक सूचना प्रकाशित गर्दै सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएका उक्त सेयरहरूको लकइन अवधि आजपछि समाप्त हुने जानकारी गराएको हो।
गार्डियन माइक्रो लाइफले ७५ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतबराबर २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो। तीमध्ये नियमन अनुसार, १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको थियो।
धितोपत्र बोर्डको प्रावधानअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएका आईपीओ सेयरहरू कम्तीमा ६ महिनाको लकइन अवधिमा राख्नुपर्ने हुन्छ। यही अवधि आज समाप्त हुँदैछ।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)



![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया