हिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले कात्तिक ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको छ। यसको कुल मूल्य ४ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको छ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट वा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।
यता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले भने यस आईपीओमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिकृया