नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १५ गते
Advertisement Ads
नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ?
Advertisement Ads

 नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार शुल्क निर्धारण गरेको हो।

सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, मिनी बस तथा मिनी टिपर र ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशामा २०० रुपैयाँ शुल्क तोकिएको छ।

मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स