महालक्ष्मी विकास बैंक लिमिटेडले लमही, रुकुम र अमरपथ बुटवलस्थित आफ्ना तीन शाखा कार्यालय स्थानान्तरण गरेको छ। बैंकले आज कात्तिक १६ गतेदेखि नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन हुने जानकारी दिएको हो।
बैंकका अनुसार दाङको लमही नगरपालिका–५ मा रहेको लमही शाखा साविकको स्थानबाट ५०० मिटर पश्चिमतर्फ सारिएको छ।
त्यस्तै, रुकुमको मुसिकोट नगरपालिका–१ मा रहेको रुकुम शाखा साविकको कार्यालयबाट ५५० मिटर उत्तरतर्फ स्थानान्तरण गरिएको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित अमरपथ शाखा भने पुरानो स्थानबाट ४५० मिटर उत्तरतर्फ सारिएको बैंकले जनाएको छ।


प्रतिकृया