कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यससँगै बैंक चालु लाभांश सिजनमा लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ।
बैंकको सञ्चालक समितिले अग्राधिकार सेयरधनीलाई करसहित ९ प्रतिशत र साधारण सेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

प्रतिकृया