कहिलेसम्म सेयर किन्नेले पाउँछन् कामना सेवा विकास बैंकको लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र १० गते
कहिलेसम्म सेयर किन्नेले पाउँछन् कामना सेवा विकास बैंकको लाभांश ?
AdvertisementAds

कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ। बैंक सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा हुनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ १८ गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन्।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, साधारण सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन हुनेछ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ।

AdvertisementAds

यसैगरी, सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्नेलगायतका अन्य प्रस्तावसमेत अनुमोदन गर्ने कार्यसूची रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स