Investor Meet Investor Meet

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement Ads
यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Advertisement Ads

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबी बैंक लिमिटेडको प्रस्तावित लाभांश प्राप्त गर्न आज (मंसिर १० गते) सेयर खरिद गर्ने अन्तिम दिन रहेको छ। दुवै कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि (मंसिर ११ गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले आजसम्म सेयर खरिद गरी सेयरधनी कायम हुने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न संस्थाले मंसिर २३ गते पोखराको लेकसाइडस्थित आईएमई हस्पिटालिटी प्रालिमा बिहान ९ बजे चौधौँ वार्षिक साधारणसभा बोलाएको छ।

त्यस्तै, एनएमबी बैंकले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर २५ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स