सर्वोत्तम पेन्ट्सको ४२ हजार बढी कित्ता सेयरको लकइन खुल्दै

Advertisement Ads
सर्वोत्तम पेन्ट्सको ४२ हजार बढी कित्ता सेयरको लकइन खुल्दै
Advertisement Ads

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्याइएको ४२ हजार ५०० कित्ता साधारण सेयरको लकइन अवधि पुस १० गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक निष्काशनमार्फत बाँडफाँड गरेको कुल सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत सेयरको लकइन अवधि समाप्त हुन लागेको हो।

कम्पनीले उक्त सेयर २०८३ असार ११ गते बाँडफाँड गरेको थियो। बाँडफाँड भएको मितिले ६ महिनाको लकइन अवधि पूरा भएपछि २०८३ पुस १० गते (सन् २०२६ डिसेम्बर २५) देखि उक्त सेयरको लकइन अवधि समाप्त हुनेछ।

प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले उक्त सेयरको कुल मूल्य ४२ लाख ५० हजार रुपैयाँ रहेको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स