सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा असोज २५ गते बोलाएको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको ८६औँ बैठकले दिउँसो १ बजे कैलालीको गोदावरी–२, अत्तरियास्थित होटल जंगल स्पामा सभा गर्ने निर्णय गरेको हो।
सभाका लागि कम्पनीले असोज १३ गते सेयरधनी दर्ता पुस्तिका बन्द अर्थात् बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त बोनस सेयरको रकम ३ करोड ४० लाख रुपैयाँ बराबर हुनेछ।
त्यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।

प्रतिकृया