खल्तीबाट इसेवाको QR स्क्यान गर्दा रकम खल्तीमै, प्रयोगकर्ता झुक्किए

खल्तीबाट इसेवाको QR स्क्यान गर्दा रकम खल्तीमै, प्रयोगकर्ता झुक्किए
Advertisement Ads

खल्तीबाट इसेवा को QR कोड स्क्यान गर्दा रकम इसेवा खातामा नभई खल्ती खातामा जाने समस्या देखिएको छ। पछिल्लो समय खल्तीले इसेवा को QR स्क्यान गर्न सकिने बनाएको भए पनि यसबारे प्रयोगकर्तालाई स्पष्ट जानकारी नदिँदा धेरै प्रयोगकर्ता समस्यामा परेका छन्।

यसअघि खल्तीबाट इसेवाको QR स्क्यान गर्दा ‘Invalid QR Type’ भन्ने सन्देश देखिने गरेको थियो। पछिल्लो समय भने खल्तीले इसेवाको QR स्क्यान गर्न मिल्ने बनाएको छ।

यसअघि खल्तीबाट इसेवा को QR स्क्यान गर्दा ‘Invalid QR Type’ भन्ने सन्देश देखिने गरेको थियो। तर अहिले इसेवा को QR स्क्यान गर्दा खल्तीले QR मा रहेको नाम र इसेवा ID लगायतका विवरण पढेर भुक्तानी प्रक्रिया अघि बढाउने गरेको छ।

समस्या के हो भने प्रयोगकर्ताले इसेवाको QR स्क्यान गरेपछि रकम इसेवाकै खातामा जाने अपेक्षा गरेका हुन्छन्। तर भुक्तानी भने खल्तीको खातामा जाने गरेको छ। यसले QR स्क्यान गर्ने प्रयोगकर्तालाई आफूले कुन वालेटमा रकम पठाउँदैछु भन्ने विषयमा भ्रम सिर्जना गरेको छ।

यसको अर्को समस्या प्राप्तकर्ताको खल्ती खाता सक्रिय नभएको वा KYC पूरा नभएको अवस्थामा देखिन्छ। यस्तो अवस्थामा रकम ‘Pending’ अवस्थामा रहन सक्ने र प्राप्तकर्ताले रकम प्राप्त गर्न थप झन्झट व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।

नेपालका केही डिजिटल वालेटमा अन्तर-वालेट रकम भुक्तानी सुविधा भए पनि खल्ती र इसेवाबीच प्रत्यक्ष रकम भुक्तानीको सुविधा उपलब्ध छैन। यस्तो अवस्थामा एउटा वालेटको QR अर्को वालेटबाट स्क्यान गरी भुक्तानी आफ्नै प्रणालीमा ल्याउने खल्तीको अभ्यासले पारदर्शिता र व्यवसायिक अभ्यासबारे प्रश्न उठाएको छ।

विशेषगरी प्रयोगकर्ताको स्पष्ट सहमति वा जानकारीबिना QR मा रहेको विवरणलाई अर्को वालेटको भुक्तानी प्रक्रियामा प्रयोग गर्ने अभ्यास उपभोक्ताका लागि संवेदनशील विषय हो। QR कोड इसेवाको भएको अवस्थामा भुक्तानी खल्तीमार्फत हुने कुरा प्रयोगकर्तालाई स्पष्ट रूपमा देखाइनुपर्ने आवश्यकता देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
1 Comment
Oldest
Newest Most Voted
Subash
Subash
17 minutes ago

This one of the challenges in noncompatibility of qr between companies.

Last edited 17 minutes ago by Subash

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स