मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा, कति दिँदैछ ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १६ गते
Advertisement Ads
मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा, कति दिँदैछ ?
Advertisement Ads

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ७६ करोड रुपैयाँको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावअनुसार कम्पनीले ९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ। यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत अर्थात् ५२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।

Screenshot 2 11 2026 104412 www.nepalstock.com https://bajarkochirfar.com/makar-jitumaya-suri-hydropower-announces-dividend-how-much-is-it-paying | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स