मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उछाल, प्रतिसेयर आम्दानी पाँच गुणा बढ्यो

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उछाल, प्रतिसेयर आम्दानी पाँच गुणा बढ्यो

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४०.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ९३.२६ प्रतिशत बढेर २४ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा १०९.३९ प्रतिशत बढेको छ भने वित्तीय खर्च ४६.११ प्रतिशत बढेको छ। ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ६ करोड २० लाख रुपैयाँ छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५३ पैसा देखि बढेर १९ रुपैयाँ ९८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.६४ गुणा रहेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स