कहाँ हरायो सर्वोत्तम र माउन्ट एभरेष्टको आईपीओ ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १८ गते
कहाँ हरायो सर्वोत्तम र माउन्ट एभरेष्टको आईपीओ ?
AdvertisementAds

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड भएको करिब एक महिना बितिसक्दा पनि लगानीकर्ताको डिम्याट खातामा सेयर नआएपछि अन्योल बढेको छ।

यस विषयमा सीडीएससीले सेयर ढिलो गरी डिम्याट खातामा पुग्नुको मुख्य कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट कम्पनीको स्टक कोड उपलब्ध हुन ढिलाइ भएको जनाएको छ।

सीडीएससीका अनुसार नेप्सेले स्टक कोड उपलब्ध गराएपछि मात्र सम्बन्धित सेयर रजिस्ट्रारले सेयर विवरण सीडीएससीमा पठाउने प्रक्रिया सुरु हुन्छ। त्यसपछि सीडीएससीले विवरण प्रमाणीकरण (भेरिफाइ) गरी लगानीकर्ताको डिम्याट खातामा सेयर जम्मा गर्ने प्रक्रिया अघि बढाउने गर्दछ।

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको हकमा भने सेयर रजिस्ट्रारले आवश्यक फाइल सीडीएससीमा पठाइसकेको छ। सीडीएससीले प्रमाणीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको र आजै लगानीकर्ताको डिम्याट खातामा सेयर जम्मा गर्ने तयारी भइरहेको जनाएको छ।

यता, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर विवरण सम्बन्धित सेयर रजिस्ट्रार मुक्तिनाथ क्यापिटलले आज सीडीएससीमा पठाउने तयारी गरेको छ। त्यसपछि सीडीएससीले आवश्यक प्रमाणीकरण प्रक्रिया पूरा गरी छिट्टै लगानीकर्ताको डिम्याट खातामा सेयर जम्मा गर्ने जनाएको छ।

अब दुवै कम्पनीको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि केही दिनभित्र नेप्सेमा सूचीकृत हुनेछ। त्यसपछि नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि यी कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स