छिमेक लघुवित्तले लाभांश गर्यो, कति दिँदैछ बोनस र नगद ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १९ गते
Advertisement Ads
छिमेक लघुवित्तले लाभांश गर्यो, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको ३४५औँ बैठकले हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र १३.०३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा छ। प्रस्तावित बोनस सेयरको मूल्य ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा र नगद लाभांश ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा रहेको छ।

नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। त्यसपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन्। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णयसमेत गरेको छ।

Advertisement Ads

Screenshot 5 11 2026 10155 www.nepalstock.com https://bajarkochirfar.com/neighborhood-microfinance-has-paid-dividends-how-much-bonus-and-cash-is-it-giving | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स