insta insta

छिमेक लघुवित्तले सर्वसाधारणका लागि राख्यो सेयर बिक्रीमा, प्रतिकित्ता कति रुपैयाँमा पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २७ गते
छिमेक लघुवित्तले सर्वसाधारणका लागि राख्यो सेयर बिक्रीमा, प्रतिकित्ता कति रुपैयाँमा पाइने ?
Advertisement Ads

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यो सेयर विद्यमान संस्थापकहरूका साथै अन्य सर्वसाधारण, कम्पनी र संघसंस्थाले पनि किन्न सक्नेछन्।

कम्पनीका अनुसार चोलराज शर्मा जोशीको नाममा रहेका ५० हजार कित्ता र अभय बहादुर शाहको नाममा रहेका १९ हजार कित्ता सेयर आजबाट बिक्रीमा राखिएका हुन्। यी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ भने खरिद गर्न चाहनेले कम्तीमा ५ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ।

आवेदन दिने क्रममा इच्छुकले आफूले किन्न चाहेको मूल्य (कम्तीमा ४४५ रुपैयाँ वा सोभन्दा बढी) उल्लेख गरी शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ। आवेदन एनआईसी एशिया क्यापिटल लिमिटेडको थापाथलीस्थित ट्रेड टावर कार्यालयमा बुझाउनुपर्नेछ र आवेदन दिने अन्तिम म्याद चैत १२ गते कार्यालय समयभित्र रहेको कम्पनीले जनाएको छ।

Notice chhimek founder share auction 1773210197918 https://bajarkochirfar.com/chimek-laghubitta-has-put-its-shares-on-sale-for-the-general-public-how-much-will-each-share-cost | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स