आइपीओ निष्काशनका लागि ४ कम्पनीले मागे धितोपत्र बोर्डसँग अनुमति, कुनले कति सेयर जारी गर्ने ?

आइपीओ निष्काशनका लागि ४ कम्पनीले मागे धितोपत्र बोर्डसँग अनुमति, कुनले कति सेयर जारी गर्ने ?
Advertisement Ads

चार कम्पनीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। सेबोनमा पेश गरिएको विवरणअनुसार मध्यपुर अस्पताल लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड, मकरीगाड हाइड्रोपावर लिमिटेड र कालिन्चोक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले आईपिओ निष्काशनको अनुमति मागेका हुन्।

मध्यपुर अस्पताल लिमिटेडले सर्वसाधारणका लागि २८ लाख कित्ता अर्थात् रु. २८ करोड बराबरको आईपिओ निष्काशन गर्न अनुमति मागेको हो। यसको बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। अस्पतालले २०८३ साल साउन २२ गते सेबोनमा आवेदन दिएको हो।

Screenshot 18 8 2026 12262 sebon.gov .np https://bajarkochirfar.com/4-companies-have-sought-permission-from-the-securities-and-exchange-board-of-nepal-for-ipo-issuance-how-many-shares-will-each-issue | %tags

इन्द्रेणी मसरुम फार्म लिमिटेडले सर्वसाधारणका लागि ८ लाख ७५ हजार कित्ता आईपिओ निष्काशनको प्रस्ताव गरेको छ। कम्पनीले रु. ८ करोड ७५ लाख बराबरको सेयर निष्काशन गर्न अनुमति मागेको हो। यसको बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले २०८३ साल साउन २२ गते सेबोनमा आवेदन दिएको हो।

Screenshot 18 8 2026 122630 sebon.gov .np https://bajarkochirfar.com/4-companies-have-sought-permission-from-the-securities-and-exchange-board-of-nepal-for-ipo-issuance-how-many-shares-will-each-issue | %tags

मकरीगाड हाइड्रोपावर लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि २२ लाख २७ हजार ५०० कित्ता आईपिओ प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले रु. २२ करोड २७ लाख ५० हजार बराबरको सेयर निष्काशन गर्न अनुमति मागेको हो। यसको बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले २०८३ साल साउन २२ गते सेबोनमा आवेदन दिएको हो।

Screenshot 18 8 2026 12279 sebon.gov .np https://bajarkochirfar.com/4-companies-have-sought-permission-from-the-securities-and-exchange-board-of-nepal-for-ipo-issuance-how-many-shares-will-each-issue | %tags

यस्तै, कालिन्चोक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २४ लाख कित्ता आईपिओ निष्काशनका लागि आवेदन दिएको छ। कम्पनीले रु. २४ करोड बराबरको सेयर निष्काशन गर्न अनुमति मागेको हो। यसको बिक्रि प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले २०८३ साल साउन २९ गते सेबोनमा आवेदन दिएको हो।

Screenshot 18 8 2026 122645 sebon.gov .np https://bajarkochirfar.com/4-companies-have-sought-permission-from-the-securities-and-exchange-board-of-nepal-for-ipo-issuance-how-many-shares-will-each-issue | %tags

यी कम्पनीहरूले अहिले आईपीओ निकाल्न सेबोनसँग अनुमति मात्र मागेका हुन्। सेबोनको पाइपलाइनमा आउँदैमा आईपीओ स्वीकृत हुन्छ भन्ने हुँदैन। सेबोनले सबै विवरण जाँच गरेपछि मात्रै स्वीकृति दिनेछ। सेबोनले स्वीकृति दिएपछि मात्र कम्पनीहरूले आईपीओ निष्काशन गर्न पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स