सरकार लोकप्रियताका लागि सेयर बजार ‘बम्प’ गरेर ‘डम्प’ गर्दैन: अर्थमन्त्री वाग्ले

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ५ गते
सरकार लोकप्रियताका लागि सेयर बजार ‘बम्प’ गरेर ‘डम्प’ गर्दैन: अर्थमन्त्री वाग्ले
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले लोकप्रिय बन्नका लागि सेयर बजारलाई कृत्रिम रूपमा बढाएर पछि घटाउने नीति नलिएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा बोल्दै उनले सेयर बजारलाई पारदर्शी र नियमनभित्र राखेर लगानीकर्ताको हित सुरक्षित गर्ने सरकारको नीति रहेको बताए।

उनले विशेषगरी साना लगानीकर्ताको लगानी सुरक्षित गर्न नियामकीय सुधार भइरहेको बताए।

“हामी दुई महिनाको लागि लोकरिझ्याइँको सेयर बजारलाई कृत्रिम ढंगले ह्वात्तै माथि उछालेर बम्प गरेर फेरी डम्प गर्नको लागि यो सरकार आएको होइन। सरकारले स्वच्छ र नियमनकारी खाकाभित्र बाँधेर आम लगानीकर्ता अझ साना लगानीकर्ताको लगानीको रक्षा गर्दै अगाडि जाने हाम्रो नीति हो। यसको लागि यो चार महिना यहाँहरुले मलाई गाली गर्नुभएको छ। मैले त्यो सबैलाई बिष सरह पचाएर देशको हितको लागि अगाडि बढेको छु।”

वाग्लेले सेयर बजारसम्बन्धी सरकारको नीतिका कारण पछिल्ला चार महिनामा आफूले धेरै आलोचना र गाली सहनुपरेको बताए। तर, लोकप्रिय हुनेभन्दा देशको अर्थतन्त्रमा दीर्घकालीन सुधार ल्याउने कामलाई प्राथमिकता दिएको उनको भनाइ छ।

AdvertisementAds

उनले चालु आर्थिक वर्षको बजेटमा सेयर बजारबारे घोषणा गरिएका सुधारहरू अबको एक सातापछि कार्यान्वयनमा जाने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स