चार महिना गाली सहें, अब बजेटमा उल्लेख गरिएका ‘सेयर बजार’ सुधारका योजना कार्यान्वयनमा जान्छ: अर्थमन्त्री वाग्ले

चार महिना गाली सहें, अब बजेटमा उल्लेख गरिएका ‘सेयर बजार’ सुधारका योजना कार्यान्वयनमा जान्छ: अर्थमन्त्री वाग्ले
Advertisement Ads

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएका सेयर बजारसम्बन्धी सुधारहरू अबको दुई साताभित्र कार्यान्वयनमा जाने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा बोल्दै वाग्लेले सरकारले सेयर बजारलाई कृत्रिम रूपमा बढाउनेभन्दा स्वच्छ र नियमनकारी प्रणाली विकास गर्ने नीति लिएको बताए।

“हामी दुई महिनाको लागि लोकरिझ्याइँको सेयर बजारलाई कृत्रिम ढंगले ह्वात्तै माथि उछालेर बम्प गरेर फेरी डम्प गर्नको लागि यो सरकार आएको होइन । सरकारले स्वच्छ र नियमनकारी खाकाभित्र बाँधेर आम लगानीकर्ता अझ साना लगानीकर्ताको लगानीको रक्षा गर्दै अगाडि जाने हाम्रो नीति हो । यसको लागि यो चार महिना यहाँहरूले मलाई गाली गर्नुभएको छ । मैले त्यो सबैलाई विष सरह पचाएर देशको हितको लागि अगाडि बढेको छु । त्यसकारण एउटा सक्षम व्यक्तिलाई नियमाकीय निकायको अध्यक्ष बनाएर लिएर आएको छु । मैले आशा गरेको छु, अर्को एक हप्तापछि धमाधम बोर्डको बैठकहरू बस्दै बजेटमा बोलिएका सुधारहरू कार्यान्वयनतिर जान्छन् ।”

उनले सरकारले लोकप्रिय बन्नका लागि सेयर बजारलाई कृत्रिम रूपमा बढाएर पछि घटाउने नीति नलिएको समेत उल्लेख गरे।

वाग्लेले सेयर बजारसम्बन्धी सरकारको नीतिका कारण पछिल्ला चार महिनामा आफूले धेरै आलोचना सहनुपरेको बताए। तर, लोकप्रिय निर्णयभन्दा अर्थतन्त्रमा दीर्घकालीन सुधार ल्याउने कामलाई प्राथमिकता दिएको उनको भनाइ छ।

Advertisement Ads

उनले सरकारले सेयर बजारलाई नियमनभित्र राखेर आम तथा साना लगानीकर्ताको हित संरक्षण गर्दै अघि बढ्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

5 Comments
Oldest
Newest Most Voted
Honey
Honey
1 month ago

pray xa mero share ko karobar dherai badhos ramrari karobar.hos
yati din dekhi share ko karobar dekhera ekdam man aaba share bajar bata hatna man lagyo lagani lagauna man garena but yo samachar sunera ali himmat jasto lagi raxa aaba

Chetanath Niraula
Chetanath Niraula
1 month ago

Chetanath niraula
सेयर कारोबारमा थपिएको 2.5% कर तत्काल हटाउ गफाडी।अनि पत्याउला।

नवराज
नवराज
1 month ago

छिट्टै ४००० बिन्दुमा नेप्से पुग्नु पर्छ । धेरै लगानी कर्ताका सम्पती जोगाउनु पर्छ । नत्र ipo पनि बिक्री नहोला …

Raaj kumar
Raaj kumar
1 month ago

Mana KO laddu ghiu sitaa ” khanu bhanne ukhan Yaad aayo.

Raaj kumar
Raaj kumar
1 month ago

Thik lagena,kitabi kiro matrai ho

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स