हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री वाग्ले

हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री वाग्ले
Advertisement Ads

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने?’ भनी प्रश्न गरेपछि उनले सरकारको धारणा स्पष्ट पारेका हुन्। “नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई  यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उनले भने।

यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको भनाइ छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
नवराज
नवराज
1 month ago

नोट जति बैंकमा थुप्रो लागेकाछन । नोट बन्दी गर्नै परेन । यसरी पैसा बैंकमा अचल भएर बस्नु देशलाई नै घाटा हो । लगानी मैत्री नीति ल्याएर अर्थतन्त्र चलाएमान बनाउ

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स