काठमाडौंका ७ स्थानबाट आज एलपी ग्यास बिक्री हुँदै, कहाँ कुन ग्यास पाइन्छ?

काठमाडौंका ७ स्थानबाट आज एलपी ग्यास बिक्री हुँदै, कहाँ कुन ग्यास पाइन्छ?
Advertisement Ads

खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज काठमाडौंका ७ स्थानबाट एलपी ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास बिक्री गरिनेछ।

निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम र सगर ग्यास बिक्री हुनेछ। पशु सेवा शाखा, चपली, बूढानीलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास उपलब्ध हुनेछ।

त्यस्तै, राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीकृष्ण, साइवावा र श्रीमाया ग्यास बिक्री गरिनेछ। नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास बिक्री हुनेछ।

तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी तथा चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास बिक्री गरिने निगमले जनाएको छ।

त्यसैगरी, राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेष्ट/सुगम र एसटीसी ग्यास उपलब्ध हुनेछ।

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री गरिरहेको जनाएको छ। विक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका अति आवश्यक उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्नेछन्।

776383655 1087679970598534 7806731966209782562 n e1786843140125 https://bajarkochirfar.com/lp-gas-is-being-sold-today-from-7-locations-in-kathmandu-which-gas-is-available-where | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स