सोल्टी होटलको बम्पर लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement Ads
सोल्टी होटलको बम्पर लाभांश घोषणा, बुक क्लोज कहिले ?
Advertisement Ads

सोल्टी होटल लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो।

कम्पनीको मंसिर ७ गते सोमबार बसेको सञ्चालक समितिको २६६औँ बैठकले लाभांश वितरणसँगै ५२औँ वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ।

कम्पनीले आगामी पुस २१ गते मंगलबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हलमा बिहान १० बजे साधारण सभा बोलाएको छ।

सभामा चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। कम्पनीले नगद लाभांशबापत कुल १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा वितरण गर्न सिफारिस गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १ गतेदेखि पुस २१ गतेसम्म सेयर दाखिला खारेज किताब बन्द गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन सक्नेछन्।

Advertisement Ads

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १७ करोड ५१ लाख ५२ हजार ५४० रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी प्रतिकित्ता १० रुपैयाँका दरका ११ करोड ७५ लाख १५ हजार २५४ कित्ता साधारण सेयरमा विभाजित छ।

Screenshot 24 11 2026 92941 www.nepalstock.com https://bajarkochirfar.com/soaltee-hotel-announces-bumper-dividend-when-will-the-book-close | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स