सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने कुल ३१.५७८९ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर ४ गते अन्तिम दिन रहेको छ। साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, मंसिर ४ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन्।
कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न ५१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा मंसिर २८ गते आइतबार, बिहान १० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा आयोजना हुनेछ।










![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)





![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-150x150.jpg)

![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)

प्रतिकृया