सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १३.३६ प्रतिशतले बढेर ४६ करोड ७३ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
होटलको व्यवसायिक आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि हुँदा नाफामा सकारात्मक असर परेको हो। समीक्षा अवधिमा होटलको व्यवसायिक आम्दानी १२.४८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १५.४१ प्रतिशतले बढेर ५९ करोड १७ लाख रुपैयाँ पुगेको छ।
१ अर्ब २ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सोल्टी होटलको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २,५०० रुपैयाँ १७ पैसा पुगेको छ।
















प्रतिकृया