सोल्टी होटलको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १२ गते
सोल्टी होटलको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको कात्तिक ११ गते बसेको बैठकले १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ५१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा मंसिर २८ गते, आइतबार, बिहान १० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा आयोजना हुने छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।
त्यसअनुसार, मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू कम्पनीको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

SHL 1 https://bajarkochirfar.com/soaltee-hotels-bumper-dividend-announcement-how-much-is-the-bonus-and-cashsoaltee-hotels-bumper-dividend-announcement-how-much-is-the-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स