बजारको चिरफार Evening Walk – बुधबार, १८ कार्तिक २०८३ (४ नोभेम्बर २०२६)

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १८ गते
Advertisement Ads
बजारको चिरफार Evening Walk – बुधबार, १८ कार्तिक २०८३ (४ नोभेम्बर २०२६)
Advertisement Ads

आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।

आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।

Advertisement Ads



आज सेयरबजारमा के भयो?

आज कार्तिक १८ गते बुधबार नेप्से परिसूचक १.४० अंकले बढेर २,६६५.५३ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९.६२ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये ९८ कम्पनीको सेयर मूल्य बढेको, १७१ कम्पनीको सेयर मूल्य घटेको र ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।



राष्ट्र बैंकको कारबाहीमा पर्यो हिमालयन बैंक, यस्तो छ कारण

नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकले २०८३ भदौ ३ गते एक दिनका लागि राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम कायम गर्न सकेको थिएन।



एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुरु हुने

एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’ (NICEF) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। उक्त म्युचुअल फण्डका इकाईको कारोबार भोलि कात्तिक १९ गतेदेखि सुरु हुने भएको छ।



चिरख्वा हाइड्रोपावरका आधारभूत सेयरधनीले २ लाख ४८ हजार कित्ता सेयर बेच्ने

चिरख्वा हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी गेल्जे लामाले आफ्नो स्वामित्वमा रहेको २ लाख ४८ हजार ५६ कित्ता सेयर बिक्री गर्ने भएका छन्।



घलेम्दी हाइड्रोको ५ मेगावाट क्षमताको आयोजना पुनः सञ्चालनमा आयो

घलेम्दी हाइड्रो लिमिटेडले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ। कालीगण्डकी नदीमा आएको बाढीले प्रसारण लाइनका टावरमा क्षति पुर्‍याएपछि बन्द भएको आयोजना असोज ३१ गते रातिदेखि पुनः सञ्चालनमा आएको हो।



हकप्रद सेयर निष्काशनको लागि एनआईसी एसिया बैंकले पायो अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?

एनआईसी एसिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई मंगलबार (कात्तिक १७) गते हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको हो।

बोर्डबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गर्न पाउने भएको छ। यो अनुपात १:०.५० को हुनेछ, अर्थात् एक कित्ता सेयर भएका सेयरधनीले ०.५० कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।



नबिल बैंकले पठायो सेयरधनीको खातामा नगद लाभांश, अझै नपाएकाले के गर्ने ?

नबिल बैंक लिमिटेडले सेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश वितरण गरिरहेको छ। बैंकले असोज २२ गतेदेखि नै नगद लाभांश भुक्तानी सुरु गरेको जनाएको छ।

बैंकको असोज २२ गते सम्पन्न ४२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १०.८० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त लाभांशमा नगद तथा बोनस सेयरमा लाग्ने करसमेत समावेश छ।

यद्यपि, केही सेयरधनीले भने अझै नगद लाभांश प्राप्त गर्न सकेका छैनन्। सेयर अभौतिकीकरण नभएको, डिम्याट खातामा रहेको बैंक खातासम्बन्धी विवरण नमिलेको, सेयर धितोमा रहेकोलगायत विभिन्न कारणले लाभांश भुक्तानी हुन नसकेको बैंकले जनाएको छ।

लाभांश प्राप्त गर्न बाँकी रहेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी बैंकको सेयर रजिस्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।



आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।

भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स