नबिल बैंक लिमिटेडले सेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश वितरण गरिरहेको छ। बैंकले असोज २२ गतेदेखि नै नगद लाभांश भुक्तानी सुरु गरेको जनाएको छ।
बैंकको असोज २२ गते सम्पन्न ४२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १०.८० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त लाभांशमा नगद तथा बोनस सेयरमा लाग्ने करसमेत समावेश छ।
यद्यपि, केही सेयरधनीले भने अझै नगद लाभांश प्राप्त गर्न सकेका छैनन्। सेयर अभौतिकीकरण नभएको, डिम्याट खातामा रहेको बैंक खातासम्बन्धी विवरण नमिलेको, सेयर धितोमा रहेकोलगायत विभिन्न कारणले लाभांश भुक्तानी हुन नसकेको बैंकले जनाएको छ।
लाभांश प्राप्त गर्न बाँकी रहेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी बैंकको सेयर रजिस्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

प्रतिकृया