नबिल बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

नबिल बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
Advertisement Ads

नबिल बैंक लिमिटेडले आफ्ना साधारण सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको ४२औँ वार्षिक साधारण सभा असोज २२ गते बिहीवार बिहान ९ः३० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बस्ने भएको छ।

साधारण सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरणका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा बराबरको बोनस सेयर प्रस्ताव गरिएको छ। त्यस्तै, १०.८० प्रतिशत नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम प्रस्ताव गरिएको छ। दुवै लाभांशमा लाग्ने करसमेत समावेश छ।

त्यस्तै, नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव छ।

सभामा बैंकको अधिकृत पूँजी बढाएर ३४ अर्ब रुपैयाँ पुर्‍याउने, संस्थापक समूहबाट तीन जना सञ्चालक निर्वाचित गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर, एक्विजिसन वा वैदेशिक रणनीतिक साझेदारीमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द अर्थात् बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन पाउनेछन्।

Screenshot 16 9 2026 1410 www.nepalstock.com https://bajarkochirfar.com/nabil-bank-calls-general-meeting-to-approve-dividend-when-will-the-book-close | %tags

Screenshot 16 9 2026 143042 www.nepalstock.com https://bajarkochirfar.com/nabil-bank-calls-general-meeting-to-approve-dividend-when-will-the-book-close | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स