वैकल्पिक विकास वित्त कोषको सीईओ बन्न ६ जनाको नाम सर्टलिस्टमा, कहिले हुँदैछ अन्तर्वार्ता?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १७ गते
Advertisement Ads
वैकल्पिक विकास वित्त कोषको सीईओ बन्न ६ जनाको नाम सर्टलिस्टमा, कहिले हुँदैछ अन्तर्वार्ता?
Advertisement Ads

वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त स्वीकृत भएका ६ उम्मेदवारको व्यावसायिक रणनीति तथा कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताको मिति तय भएको छ।

 स्वीकृत दरखास्तमध्ये अपार न्यौपाने, आशुतोष शर्मा, चन्दन कुमार घोष, सुभाष थापा, रामकृष्ण खतिवडा र स्मृति शर्मा छनोट प्रक्रियामा सहभागी हुनेछन्।

निर्धारित कार्यतालिकाअनुसार मंसिर ५ गते बिहान १०:३० बजे अपार न्यौपाने, आशुतोष शर्मा र चन्दन कुमार घोषले व्यावसायिक रणनीति तथा कार्ययोजना प्रस्तुत गर्नेछन्। उनीहरूको अन्तर्वार्ता मंसिर ६ गते बिहान १०:३० बजे हुनेछ।

त्यस्तै, मंसिर ५ गते दिउँसो १ बजे सुभाष थापा, रामकृष्ण खतिवडा र स्मृति शर्माको प्रस्तुति तथा रणनीतिक छलफल हुनेछ। उनीहरूको अन्तर्वार्ता मंसिर ६ गते दिउँसो १ बजे तय गरिएको छ।

प्रस्तुति, रणनीतिक छलफल तथा अन्तर्वार्ता लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन हुनेछ। उम्मेदवारले सबै कागजातको सक्कल प्रति लिएर निर्धारित समयभन्दा कम्तीमा एक घण्टाअघि उपस्थित हुनुपर्नेछ।

Advertisement Ads

Screenshot 3 11 2026 151457 giwmscdnone.gov .np https://bajarkochirfar.com/six-names-shortlisted-for-the-position-of-ceo-of-alternative-development-finance-fund-when-will-the-interview-be-held | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स