मालपोतका नासुले गरे सेयर बजार र जग्गामा कालोधनको लगानी, अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १७ गते
Advertisement Ads
मालपोतका नासुले गरे सेयर बजार र जग्गामा कालोधनको लगानी, अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा
Advertisement Ads

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मिति २०८३/०७/१६ गते दायर गरेको आरोपपत्र अनुसार, आचार्यले पदीय मर्यादा विपरीत आर्जन गरेको कालोधनलाई सेयर बजार, घरजग्गा र व्यापारमा लगानी गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) गरेको पुष्टि भएको छ।

सेयर बजारमार्फत कालोधनको तहिकरण 

आचार्यले अवैध रूपमा कमाएको रकमलाई सेयर बजारमार्फत वैध बनाउने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ। निजले आफ्नो राष्ट्रिय वाणिज्य बैंकको खाताबाट १० लाख रुपैयाँको चेक (नं. ३९२९५०३९) काटेर इम्पेरियल सेक्युरिटिज प्रा.लि. मा जम्मा गरेका थिए। उक्त रकम भिष्म गड्‌तौलाको ब्रोकर खाता (नं. २०१९०४२१४८) मा प्रयोग गरी विभिन्न कम्पनीको सेकेन्डरी सेयर खरिद बिक्री गर्दै रकम तहिकरण (Layering) गरिएको थियो। पछि सेयर बिक्री गरी नगदै फिर्ता लिइएको उक्त रकममध्ये ८ लाख ३८ हजार ७८४ रुपैयाँको कुनै वैध स्रोत नखुलेको अख्तियारले जनाएको छ।

download https://bajarkochirfar.com/land-revenue-officer-invests-black-money-in-stock-market-and-land-ciaa-files-corruption-case | %tags

घरजग्गा र अन्य क्षेत्रमा अकुत सम्पत्ति 

Advertisement Ads

२०५४ साल माघ २ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका आचार्यले २०८० मंसिर २१ गतेसम्मको अवधिमा कुल ६ करोड २५ लाख ६३ हजार रुपैयाँ वैधानिक आय गरेका थिए। तर, सोही अवधिमा उनको खर्च तथा लगानी १५ करोड ९८ लाख ३५ हजारभन्दा बढी देखिएपछि ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी ठहर भएको हो। यसमध्ये ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बराबरको सम्पत्ति काठमाडौं, भक्तपुर र मोरङका विभिन्न स्थानमा घरजग्गा खरिद, हलेसी डिपार्टमेन्ट स्टोरमा लगानी तथा अन्य व्यक्तिहरूलाई ऋण दिने कार्यमा प्रयोग गरी शुद्धीकरण गरिएको थियो।

यस प्रकरणमा अख्तियारले आचार्यकी श्रीमती ललिता राजभण्डारीलाई मुख्य मतियारका रूपमा प्रतिवादी बनाएको छ भने प्रभा बस्नेत र कुमारी कटुवालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ। आचार्यका छोरीहरू निलु र सरुलाई भने गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स