काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्रीका लागि महानगरभित्र ३३ स्थान तोकेको छ। महानगरले नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्रीलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरेको छ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न निर्देशन दिएको छ। त्यस्ता सामग्री वा गुणस्तर कायम नभएका फूलमाला बिक्री गरेको पाइएमा जफत गरिने महानगरले जनाएको छ।
तोकिएका बिक्रीस्थलमा नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, न्युरोड, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायत क्षेत्र छन्।
महानगरले स्वदेशी उत्पादनको बिक्री व्यवस्थित बनाउन व्यवसायी तथा सर्वसाधारणलाई तोकिएका स्थानबाटै फूलमाला किनबेच गर्न अनुरोध गरेको छ।


प्रतिकृया