भोलिसम्म सेयरधनी बने पाइन्छ यी ३ कम्पनीको लाभांश, कुनले कति दिँदैछन्?

भोलिसम्म सेयरधनी बने पाइन्छ यी ३ कम्पनीको लाभांश, कुनले कति दिँदैछन्?
Advertisement Ads

निफ्रा, नबिल बैंक र गरिमा विकास बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने भोलि असोज १३ गते अन्तिम दिन रहेको छ। यी तीनै बैंकले लाभांश तथा साधारणसभा प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्दैछन्। त्यसअनुसार भोलि असोज १३ गतेसम्म सेयर कारोबार भई कायम हुने सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै सम्बन्धित साधारणसभामा सहभागी हुन पाउनेछन्।

निफ्रा : ५.२६३२ प्रतिशत नगद लाभांश

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ का लागि ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो। उक्त रकममा लाभांश करसमेत समावेश छ। निफ्राको आठौँ वार्षिक साधारणसभा असोज २३ गते शुक्रबार बिहान ९ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बस्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति प्राप्त गरी वितरण गरिने बैंकले जनाएको छ।

नबिल बैंक : ५ प्रतिशत बोनस र १०.८० प्रतिशत नगद

नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले ५ प्रतिशत बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा १०.८० प्रतिशत नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम प्रस्ताव गरेको छ। दुवै लाभांशमा लाग्ने करसमेत समावेश छ। नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा असोज २२ गते बिहीबार बिहान ९ः३० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा हुनेछ। सभामा बैंकको अधिकृत पुँजी बढाएर ३४ अर्ब रुपैयाँ पुर्‍याउने, संस्थापक समूहबाट तीन जना सञ्चालक निर्वाचित गर्ने तथा मर्जर, एक्विजिसन वा वैदेशिक रणनीतिक साझेदारीमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पेस हुनेछ।

गरिमा विकास बैंक : १० प्रतिशत बोनस र १० प्रतिशत नगद

गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार २६७ रुपैयाँ २२ पैसा रहेको छ। गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा असोज २६ गते सोमबार बिहान १०ः३० बजे पोखराको बिरौटास्थित होटल पोखरा ग्राण्डमा आयोजना हुनेछ। सभामा वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, अधिकृत पुँजी बढाएर ६ अर्ब ६५ करोड रुपैयाँ पुर्‍याउने तथा मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स