गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको भदौ १८ गते बसेको ३५१औँ बैठकले उक्त प्रस्ताव गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसअनुसार बोनस सेयरका लागि ६० करोड २१ लाख ३४ हजार ८३६ रुपैयाँ ७२ पैसा र नगद लाभांशका लागि पनि सोही बराबरको रकम प्रस्ताव गरिएको छ।
दुवै लाभांश गरी बैंकले कुल १ अर्ब २० करोड ४२ लाख ६९ हजार ६७३ रुपैयाँ ४४ पैसा वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ। साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।


प्रतिकृया
sudan