नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तिन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । अपि पावर कम्पनी लिमिटेड, सोल्टी होटेल लिमिटेड र भागवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
अपि पावरको ३० लाख ३७ हजार ९६३.९१ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
सोल्टी होटेलको १ करोड ५३ लाख २८ हजार ९८५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
भागवती हाइड्रोको ८ लाख ३२ हजार ९२६ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।



















प्रतिकृया